आगलागीमा १६ लाखको धनमाल जलेर नष्ट
खोटाङ/खोटाङको तुवाचुङ नगरपालिका ८ स्थित धितुङमा बिहीबार आगलागी भएको छ ।
मित्रमान राईको घरमा कोही नभएको मौकामा अपरान्ह ४ बजेबाट आगलागी शुरु भएको थियो । राईको खरको छाना भएको तीन तले घर र घर भित्रका सम्पूण समान जलेर नष्ट हुँदा करिव १६ लाख ५० हजार रुपैयाको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा १४ वटा चौपायासमेत जलेर नष्ट भएको छ ।
आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिए पनि जलेर पूर्ण क्षति भएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































