रङ्गेली/ बि.पि. काेइराला स्वास्थय विज्ञान प्रतिष्ठानका राटर्याक्ट क्लब अफ धरानले गरेकाे ६ दिने स्वास्थ्य तालिमकाे तेस्राे दिन शुक्रबार महिलामा हुने रजस्वला सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।
तेस्रो दिन उक्त्र तालिममा श्री महालक्ष्मी माध्यमिक विद्यालय र श्री रत्ना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ७ देखी १० सम्मका ९० जना विद्यार्थीहरु सहभागीहरू रहेकाे रोटर्याक्टर शुभम कुमार अग्रवालले जानकारी गराए।
'२८ दिनमा महिनावारी नहुदा स्वास्थ चौकी जाउँ', 'महिनावारी हुदा सरसफाईलाई ध्यान दिउँ' , महिनावारी प्राकृतिक कुरा हो कुनै पाप होइन, रजस्वला भएका महिलालाई छि-छि,दुर-दुर होइन माया गरौँ जस्ता नाराहरुकासाथ विद्यार्थीहरुलाई रजस्वला सम्बन्धि सचेतना दिएको उनले बताए ।