विराटनगर/ विराटनगरको जहदा रोडमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटि हस्पिटल प्रा.लि ले थप सेवा विस्तार गरेको छ ।

विराटनगरको महेन्द्र चौकमा न्यूरोले तुलसा मदर एण्ड चाइल्ड अस्पतालको नाम राखी थप सेवा विस्तार गरेको हो ।

५५ शैया सो अस्पताल शुक्रबार एक औपचारीक कार्यक्रम आयोजना गरी सञ्चालनमा आएको छ । करिब सात करोडको लागतमा सञ्चालनमा आएको अस्पतालमा स्त्री तथा प्रसूती र नवजात शिशु तथा बालरोग सेवा मात्र सो अस्पतालले प्रदान गर्नेछ ।

मातृशिशु स्वास्थ्यमा थप उपचार पुर्याउने उदेश्यले थप सेवा विस्तार गरेकोे अस्पतालका प्रवन्ध निर्देशक डा. वीरेन्द्रकुमार विष्टले जानकारी दिए ।

अस्पतालमा २४ घन्टा इमरजेन्सि, प्याथोलोजी, भ्यान्टिलेटर, अप्रेसन, नेवुलाइजेशन, डेलिभरी, टेस्टटयुव वेवीसेवा तथा खोप तथा मातृशिशु लगायतका सेवा संचालनमा रहेको अस्पतालले जनाएको छ ।

विगत १७ वर्षदेखी विराटनगरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले सेवा पुर्याउदै आएको छ । पुर्वाञ्चलकै प्रमुख अस्पतालको रुपमा रहेको सो अस्पतालले वालवालिका तथा प्रसुतिका लागी थप सेवा पुर्याउन सेवा विस्तार गरी अस्पताल संचालनमा ल्याएको हो । लामो समयदेखी संचालनमा आएको सो अस्पतालमा भारतको सिमावर्तिक्षेत्रवाट समेत समेत विरामीहरु उपचारका लागी आउने गरेका छन् ।

चारवर्षको अवधिमा अस्पतालले चार हजार मस्तिककोे सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । चाइल्ड अस्पतालमा अहिले बच्चाको लागि नवजात तथा बालरोग विशेषयज्ञ वरिष्ठ डा. सुरेश प्रसाद साह र प्रसुतीमा स्त्री तथा प्रसूती रोग विशेषयज्ञ डा. रेनुका राठीले सेवा प्रदान गर्नेछन् । कम खर्चमा लाभदायी सेवा पुर्याउने अस्पतालको लक्ष्य रहेको जनाइएको छ ।

सञ्चालनमा आएको अस्पतालमा ७ शैयाको एनआइसियू रहेको छ । आधुनिक प्रकारको उपकरणहरु जडान गरीएको छ । अहिले २ वटा भेन्टिलेशन रहेको सो एनआइसियमा थप गर्दै ल्याजाने अस्पतालले जनाएको छ ।