विराटनगर/ लालु यादव नेतृत्वको राष्ट्रिय जनता दलले बालुवा–गिट्टी संकटको विरुद्धमा बिहारमा बिहीबार बन्द आव्हान गरिएको छ । बन्दका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।
बिहानै देखि जनता दलका कार्यकर्ताले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । राष्ट्रिय जनता दलका कार्यकर्ताले जोगवनीमा आज विहानै सडकमा टायर बाली पसलहरु बन्द गराएका छन् । कतिपय ठाउँमा प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पारेको छ । जनता दलका कार्यकर्ताले प्रदर्शनका क्रममा लालु यादवको पक्षमा र नितिशकुमारको विरुद्धमा नाराबाजी गरेका छन् । बन्दको कारण बिहारको रेलसेवा पनि बन्द भएको बताइएको छ । बिहार बन्दको कारण जोगबनीबाट सवारी साधन आवतजावत अवरुद्ध हुन पुगेको छ ।