विराटनगर/ विराटनगरमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रालिले दोस्रो बार्षिक उत्सव अवसरमा   निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

हस्पिटल परिसरमा पहिलो दिन भएको स्वास्थ्य शिविरमा १ सय ६३ जनाले स्वास्थ्य परीक्षण गरेको हस्पिटलका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए । निःशुल्क स्वास्थ्य परीक्षण गर्न एक नम्बर प्रदेशको विभिन्न जिल्लाको सेवाग्रहीले उपचार सेवा दिएको हस्पिटलको भनाई छ ।

बार्षिकोत्सवका अवसर पारेर आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा काठमाण्डौबाट आएका विशेयज्ञ चिकित्सवहरु स्वास्थ्य परीक्षण भएको थियो । जसमा डा. अनिल कुमार महतो, डा. सुनिल कुमार पौडेल, डा. गिविन्द झा र डा. अनुप थापाले विरामीहरुको स्वास्थय परीक्षण गरेका थिए ।

निःशुल्क स्वास्थय शिविरमा हाडजोर्नी एवम् नशाका रोगका विरामीहरु बढी आएका थिए । सो शिविर सोमबारसम्म सञ्चालन हुनेछ । सोमबार हुने दोस्रो वार्षिक उत्सव भव्यताको साथ सम्पन्न गर्ने हस्पिटले जनाएको छ । बार्षिकोत्सवको अवसरमा रक्तदान समेत कार्यक्रम रहेको छ । वार्षिक उत्सवको उद्घटन विराटनगर महानगरपालिको मेयर भिम पराजुलीले गर्नेछन् ।

अस्पतालले प्यारालाइसि(पक्षघात) मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने,ढाड,कम्मर,गर्धन दुख्ने डिस्क प्रोल्याप्स,हड्डी खिइएको र नशा च्यापिएको वाथ–आर्थराइटिस,घुडा जोर्नीहरु दुख्ने लगायतका रोगहरुको सफल उपचार गर्दे आएको छ । हस्पिटलको अनुसार एक वर्षको ४३ हजार २ सय ५० जनालाई स्वास्थ्य सेवा पु¥याएको जनाएको छ ।