यातायातका कर्मचारी घुस सहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेललाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
आयोगका अनुसार साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका नायब सुब्बा पोडैल र खरिदार पोख्रेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































