धरान/लक्षित वर्गको कार्यक्रम अन्तर्गत धरान–१४ नम्बरमा शनिबार निःशुल्क दन्त शिविर कार्यक्रम गरेको छ । विजयपुर महिला समूहको आयोजनामा भएको शिविरमा १२३ जनाले दन्तपरीषण गरे । शिविरको एक नम्बर प्रदेशका समानुपातिक सांसद चन्द्रप्रसाद श्रेष्ठले उद्घाटन गरे । विजयपुर चौकमा सम्पन्न शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दन्त चिकित्सकहरुले जाँच गरेको समूकही अध्यक्ष सुष्मा कट्टेलले बताइन् । जिल्ला समन्वय समिति सुनसरीकी सदस्य सिता पौडेल, वडा अध्यक्ष कृष्ण भट्टराई, सदस्यहरु मंजिल कसजु, शोभा पुलामीलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।