पानवारी । विजयपुर महिला समुहको आयोजनामा शनिवार निःशुल्क दन्तशिविर सम्पन्न भएको छ । धरान–१४ स्थित विजयपुर चोकमा सम्पन्न भएको दन्त शिविरबाट १ सय ४० लाभान्वित भएको आयोजक विजयपुर महिला समहुकी अध्यक्ष मञ्जु कट्टेलले जानकारी दिएकी छन् । दन्त शिविरमा प्रतिष्ठानका डा.सन्तोषकुमार अग्रवालको नेतृत्वमा खटिएका १६ जना चिकित्सकहरुले विरामीको चेकजाँच गरेका थिए । शिबिरमा दन्त परिक्षण गर्ने, दाँत निकाल्ने र दाँच सफा गर्ने सेवा लिएको चिकित्सक अग्रवालले बताए । शिविरमा चेकजाँचसँगै औषधी पनि निशुल्क वितरण गरिएको थियो । शिविर प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व विजयपुर महिला समुहका अध्यक्ष सुस्मा कटेलले गरेकी थिईन् । फोटो छ