विराटनगर । पुरुषोत्तम धनकुमारी चापागाइ स्मृति कोषले शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि दुइजनालाइ सम्मान गरेको छ । सम्मनित हुनेमा पत्रकार बिक्रम निरौला र साहित्यकार मेनुका चापागाइ रहेका छन् ।
दुवै जनालाइ जनही १० हजार १ सय ११ रुपैया नगद सहित सम्मानपत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार दधिराज सुवेदी र संस्थाका अध्यक्ष माधव अत्री , तारा भूर्तेल लगायतले उनीहरुलाइ सम्मान गरेका हुन् ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा साहित्यकार दधिराज सुवेदी , कविराज न्यौपाने , दिनेशराज सुवेदी लगायतले संस्थाको परोपकारी कामका अतिरिक्त सम्मान कार्यक्रमको प्रशंशा गरे । अत्री परिवारले आफना स्वर्गिय बुबा पुरुषोत्तम र धनकुमारी चापागाइको स्मृतिमा सो संस्था स्थापना गरेका हुन् । यसअघि सो संस्थाले विराटनगरका विभिन्न सरकारी स्कूलका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ शैक्षिक सामग्री, न्यानो कपडा र छात्रवृति प्रदान गर्दै आएको थियो ।