तरहरा । वैदेशिक रोजगारीको शिलशिलमा कोरिया पुगेका नेपाली कामदारले पैसा संकलन गरेर इटहरी वडा नं. ८ को हरिजन वस्तीका ४८ परिवारलाई शुक्रबार ब्लाङ्केट वितरण गरिएको छ। आर्थिक रुपमा पिछडिएको वस्तीका बासीन्दालाईं जाडोमा ओढ्ने ब्लाङ्केट वितरण गरिएको हो । जाडो मौषममा गरीव तथा विपन्नहरुलाई समस्या हुने गरेको भन्दै कोरियामा काम गदैं आएका धरान निवासी अशुं बर्मा लिम्बुले ब्लाङ्केट वितरण गरेका हुन् । उनका अनुसार, कोरियामा काम गर्ने कामदारले एक लाख रुपैयाँ पैसा संकलन गरि गैर आवासीय संघमार्फत ब्लाङ्केट वितरण गरिएको हो । यस अघि पनि गैर आवसिय नेपाली संघले देशका विभिन्न ठाउँका गरिव तथा विपन्नलाई सहयोग गदै आएको थियो । इटहरी ७ का वडाअध्यक्ष रोहित चौधरीले विदेशमा पसिना बगाएकाहरुले यसरी देशलाई सम्झेर मायाँ गरेको भन्दै उनीहरुको प्रशंसा गरे । चौधरीले भने गरिव तथा विपन्नहरुको लागी यसरी युवाहरुको गरेको काम मुल्याकन गर्ने लायक भएको वताए । करीव दुई हजार रुपैया पर्ने ५० वटा ब्लाङ्केट गरिव तथा विपन्नलाई दिएको उनको भनाई थियो ।