पानवारी । सहिद स्मृति माविमा कम्प्युटर शिक्षाका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सञ्चालित महायज्ञमा शनिबार ५ लाख ६० हजार आर्थिक सहयोग जुटेको छ । शनिबार धरान १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराई र उनकी पत्नी मनिषा भट्टराईले एक लाख एक हजार एकसय एघार दान गरेका छन् । त्यस्तै गरी धरान ८ का देवीप्रसाद पोख्रेलले १३ हजार, धरान ८ का चन्द्रमाया थापा धरान–१५ ले १५ हजार १ सय ११, धरान–८ कै हिमा मगरले ११ हजार सात सय ५०, धरान १५ निवासी गणेश खतिवडा र निर्मला खतिवडाले ११ हजार एक सय ५, धरान ८ का अगेन्द्रकुमर लिम्बू र कमलादेवी लिम्बूले १६ हजार ५ सय दान गरेका छन् । त्यस्तै गरी धरान –८ निवासीहरु वेनबहादुर श्रेष्ठले ११ हाजर एक सय एघार, नारायणप्रसाद राई र शिला राईले ११ हजार ५५ रुपैया, विरबहादु राईले ११ हजार ५ सय २५ रुपैया, सुनौलो महिला समुहबाट ११ हजार चार सय पाँच रुपैया, रत्नकुमार श्रेष्ठले १३ हजार सात सय पचास रुपैया, उत्तमकुमार ताम्राकारले १५ हजार एक सय, माता राईले ११ हाजर एक सय एघार, सरिता बजगारई र छोरा बसन्त बजगाईले २० हजार एकसय पचपन्न रुपैयार दान गरेका छन् । त्यस्तै श्री ओम शिव शक्ति कल्याणी केन्द्र धरान–१५ ल े११ हजार एक सय एघार, धरान–२ निवासी पिङ्गला न्यौपानेले १० हजार एकसय ५ रुपैया, पितरुमहल अग्रवालले ११ हजार एकसय एघार रुपैया, सुनौलो महिला समुह धरान–८ बाट ११ हजार चार सय पाँच रुपैया, धरान–१२ निवासी भुवनकुमार लिम्बूले १६ हजार एकसय रुपैया दान गरेको प्रचार संयोजक बोधराज कुवरले जानकारी दिएका छन् । महायज्ञबाट १ करोड आर्थिक संकलन गरी विद्यालयलाई कक्षा ११ र १२ मा स्तरोन्नती गर्ने तथा कक्षा ९ देखि कम्प्युटर विषयमा प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको समेत कुवरले जानकारी दिएका छन् । महायज्ञ माघ १७ गतेसम्म चल्नेछ भने भागवत कथा वाचन प्रसिद्ध कथा वाचक पं. योगश भण्डारीले गरिरहेका छन् । २०१४ सालमा स्थापना भएको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा वेसहारा, असहाय, आश्रित बालबालिकाहरुको बाहुल्यता छ । विद्यालयमा धेरैजसो निम्न आय स्तर भएका समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।