विराटनगर । मोरङ र तेह्रथुममा शनिबार भएको आगलागीबाट ८ लाख बढीको क्षति भएको छ।
मोरङको कानेपोखरी गाउँपालिका-६ शिवटोल बस्ने युवराज खड्काको काठले बनेको १ तले कच्ची घरमा दिउँसो २ बजेतिर लागेको आगोले उनको भाडावर्तन, अन्नपात र लत्ताकपडा समेत जल्दा अन्दाजी २ लाख ६८ हजार मुल्य बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीले जानएको छ। यस्तै मोरङकै लेटाङ नगरपालिका-२ फडानी बस्ने श्याम बुडाथोकीको ग्वालीमा समेत शनिबार आगलागी भएको छ।
दिउँसो १२ बजेतिर खोले पकाउने क्रममा अचानक लागेको गोले उनको काठ पात तथा पराल समेत जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लेटाङले जानएको छ। यस्तै तेह्रथुमको लालिगुराँस नगरपालिका-६ बस्ने ६८ बर्षिय पुरनधोज लिम्बु र चेतन लिम्बुको घरमा शनिबार आगलागी भएको छ।
दिउँसो ३ बजेतिर अचानक लागेको आगोले उनीहरुको ४ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी लसुनेले जनाएको छ।