भद्रपुर । झापाको अर्जूनधारामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका ५ स्थित पाण्डपूर का ५२ बर्षीय दोमनी दनुवारलाई उनकै ५५ बर्षीय श्रीमान् इश्वर दनुवारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार बेलुका ७ बजेतिर इश्वरले श्रीमती दोमनीलाई कुटपिट गर्दै दाउराको अगुल्टोले र्हिकाएर हत्या गरेको प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिए । एसपी केसीका अनुसार श्रीमान श्रीमती बीच घरायसी विवाद बल्झिएपछि मादर्क पदार्थ सेवन गरेका इश्वरले हत्या गरेको प्रहरी अनुसंन्धानबाट खुलेको हो । यता हत्या गर्ने श्रीमान् इश्वरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोड राखेर थप अनुसंन्धान गरिरहेको केसीले बताए ।