भद्रपुर । झापाको दक्षिणी कचनकवल गाँउपालिकाले चालु आर्थिक बर्ष ०७४।७५ मा ३८ करोड ६७ लाख रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । बनियानीमा आइतबार आयोजित प्रथम गाँउसभाबाट कचनकवल गाँउपालिकाले ३८ करोड ६७ लाख बजेटसहित निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । झापा क्षेत्र ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा भएको गाँउसभा कार्यक्रममा गाँउपालिका अध्यक्ष अञ्जार आलमले बजेटसहितको निति तथा कार्यक्रम सार्वजनिक गर्दै दक्षिणी सीमावर्ती गाँउपालिकालाई नमुना गाँउ बनाउन विभिन्न योजनाहरु समेत अघि सारेको छ । कार्यक्रममा प्रदेश सांसदद्धय बसन्त बानिया, पूर्णसिंह राजवंशी, कचनकवलका उपाध्यक्ष निमसरी राजवंशी, नेपाली काँग्रेसका तुलाराम अधिकारी, एमालेका हरि घिमिरे, माओवादी केन्द्रका तेजेन्द्र मैनाली, संघिय समाजवादी फोरमका अमृतबहादुर राई लगायतले बोलेका थिए । गाँउपालिका अध्यक्ष आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशासकिय अधिकृत रेखनाथ दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन इश्वरी पौडेलले गरेका थिए ।