भद्रपुर । भारतबाट भित्राइएको नेपालमा प्रतिबन्धित बोइलर कुखुरा प्रहरीले बरामद गरी सोमबार नष्ट गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ५ स्थित नयाँबजार नाकाबाट अवैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा १५ वटा कुखुरा बरामद गरेको हो । भारतबाट भित्राइएको कुखुरा भद्रपुर बजारमा बेचबिखनका लागि लैजान खोजिएको अवस्थामा प्रहरीले फेला पारेको हो । करिब ४० किलो कुखुरालाई वडा प्रहरी कार्यालय परिसरमा पशु क्वारेन्टाइन चेक पोष्ट भद्रपुरको रोहवरमा नष्ट गरिएको वडाका इन्सपेक्टर प्रकाश जगेवुले जानकारी दिए ।