बिर्तामोड/ झापाको अर्जुनधारा नगरपालिकामा एक युवक मृत फेला परेका छन्। अर्जुनधारा नगरपालिका- २ स्थित नहर निर्माणको लागि गएका रंगेली नगरपालिका २ बबियाबिर्ता बस्ने २६ वर्षीय प्रधुम्न खवास बुधबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
बेलुका खाना खाएर टेन्टमा सुतेका उनी बुधबार बिहान मृत अवस्थामा भेटिए पछि स्थानीयले प्रहरीमा खबर गरेका थिए। मृत्युका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमानीले जनकारी दिएको छ।