इटहरी/ होटल व्यवसायी संघ इटहरीको आठौं साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ । मंगलबार सम्पन्न आठौं अधिवेशन तथा साधारण सभाबाट जीवन पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा गोविन्दि थापा, प्रथम उपाध्यक्षमा तेजबहादुर पुरी र उपाध्यक्षमा रितेश श्रेष्ठलाई चयन गरेको छ । यसै गरी महासचिवमा उमनाथ (उमेश) दाहाल सह सचिवमा जयप्रसाद पौडेल र कोषाध्यक्षमा नवराज काफ्ले चयन भएका छन् । समितिको सदस्यहरुमा दिपक पोख्रेल, टिका कटुवाल, रुपेश दाहाल, प्रकाश महात्तो, बाबुराम गिरी, दामोदर विडारी, पुनम थापामगर, प्रितिमाया सुनुवार शिव तामाङ चयन भएका छन् ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रोहित प्रसाईको प्रमुख आतिथ्यता तथा उद्योग वािणज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टको विशेष आतिथ्यतामा भएको कार्यक्रममा संस्थाको कार्यक्रम तथा आयव्यय पारित गर्दै नयाँ नेतृत्व चयन गरेको प्रथम उपाध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए । उनका अनुसार नव निर्वाचित अध्यक्षले होटल व्यवसायी संघको भवन निर्माणको लागि जग्गा समेत उपलब्ध गराउने जनाएका छन् ।