तरहरा । इटहरीको रोयल रिर्सोटमा बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई प्रहरीले ‘मिलापत्र’ गराएको घटना करिब एक महिनापछि वाहिरीएसँगै इटहरी घट्नाले उग्र रुप लिएको छ । बलात्कारका अभियुक्त धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठलाई उन्मुक्ती दिएर पीडित वालिकालाई थप पीडित वनाएको आरोप सहित प्रहरीमा उजुरी परेको थियो । सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इटहरीका इन्स्पेक्टर चिरन्जीवि दाहाल सहितको संलग्नतामा घट्नालाई मिलोमतो गरेको पिडितहरुको आरोप छ । घटनामा संलग्न धरानका जोकम लिम्बुलाई पक्राउ गरेको भए पनि श्रेष्ठ फरार छन । प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले अञ्चल प्रहरी प्रमुख एसएसपी हरिबहादुर पाललाई छानविनको जिम्मा दिएपछि यो विषय सतहमा आएको हो । एसएसपी पालको टोलीले गोप्यरुपमा पीडित बालिकासँग बयानसमेत लिई प्रमाण जुटाएर माघ १२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराइसकेपछि ईन्सपेक्टर दाहाल र सुनसरीका एसपी विध्यानन्द माझी छानविनमा तानिएका हुन् । यसैविच महिला संजाल ईटहरीले घटनाको विषयमा छानविन गरी दोषी उपर कारवाहि गर्न माग गरेको छ । संजालले ईलाका प्रहरी कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै दोषी उपर कारवाहिको माग गरेको छ ।