विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले पत्रकार शिबबहादुर कार्की र साहित्यकार अभी सुवेदीलाई पुरस्कृत गरेको छ ।
सुवेदीलाई ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार र कार्कीलाई २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
सुवेदीलाई प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुबिभु घिमिरेले र कार्कीलाई कांग्रेसका केन्द्रिय सदस्य रामशरण महतले पुरस्कार प्रदान गरे ।
उक्त कार्यक्रममा साहित्यकार ज्ञानराज सुवेदीद्वारा लिखित ‘रुपान्तरण’ महाकाव्य सूचना आयोगका आयुक्त किरण पोख्रेलले विमोचन गरे । अभी सुवेदीले मुलुकमा पटक पटक स्वतन्त्रताको हरण भइरहेकोले जनताको मुक्तिका लागि सचेत भएर साहित्य रचना गर्न आग्रह गरे । ‘मलुकमा धनको लोभ बढदै गएको भन्दै ‘भ्रष्टाचारले देश अझै घायल हुने अबस्था रहेकोले पत्रकार साहित्यकारलाई सचेत भएर लेख्नु पर्ने उहाको भनाई थियो ।
महाकाव्य विमोचनपछि पोख्रेलले राजनीतिकस“गै साहित्य र पत्रकारिता क्षेत्रलगायतको योगदानले स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र अपारदर्शिता र चरम भ्रष्टाचारले खतरामा रहेको बताए । पटक पटक मुक्ति र स्वतन्त्रताका लागि आन्दोलन भएपनि आम नागरिकले चाहेको प्रादर्शिता र सुशासन कायम नहु“दा लोकतन्त्र खतरामा पर्दै आएकाले लोकतन्त्र रक्षाका लागि पत्रकार, साहित्यकारलगायतलाई सूचनाको हक उपयोग गरेर समाजमा पारदर्शिता र सुशासन कायम राख्नु पर्नेमा पोखरेलले जोड दिए ।