विजयपुर । माटो परिक्षण गरेर टेण्डर आह्वान समेत भएको धरान १५ स्थित श्याम चौक पुर्वमा रहेको सेउती खोलामा बन्न लागेको पुल नबन्ने भएपछि स्थानियहरु आक्रोशीत भएका छन् ।
सुनसरी मोरङ पुल निर्माण आयोजनाले नियतबस सेउती खोलामा बन्न लागेको १ सय २५ मिटर लामो पुल अन्यत्र लैजाने खोजेको भन्दै आक्रोश पोखेका हुन । उनीहरुले तत्काल पुल निर्माण कार्य सुरु नभए आन्दोलन थाल्ने समेत चेतावनी दिएका छन् । धरान वडा नम्बर १५ र ५ का स्थानियले १ सय ६३ सदस्य संघर्ष समितीपनि गठन गरेका छन् ।
शुक्रबार सेउती खोलाकै बगरमा पत्रकार सम्मेलन गर्दै स्थानियले माटो परिक्षण भएर टेण्डर समेत भई सकेको पुल अहिले सुनसरीको बक्लौरी–तेत्तरियामा सार्न खोजिएको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै धरान वडा नम्बर १५ का वडाध्यक्ष नरेशकुमार इवारमले सेउती पुलमा कुनैपनि हालतमा पुल बन्नु पर्ने बताए ।स्थानिय जनतालाई झुक्याउन खोज्नु निकै आपतीजनक रहेको भन्दै उनले कुनैपनि हालतमा पुल बन्नु पर्ने बताए ।
षडयन्त्र पुर्वक ढङगले पुल खोस्ने काम भएको छ,वडाध्यक्ष इवारमले भने ‘यो खोलामा यहि बर्षबाट पुल निर्माण हुनुपर्ने माग गरे । पुल निर्माणको माग गर्दै आईतबार स्थानियको टोलि इटहरी स्थित सुनसरी मोरङ पुल निर्माण आयोजनामा धर्ना दिन जाने भएका छन् ।स्थानियले २०६६ साल भदौ १ गते देखि सेउती खोलमा पुल निर्माणको माग गर्दै निरन्तर डेलिगेशन गएका थिए ।
चालु आर्थिक बर्षमा एक करोड रकम बिनियोजन भएर ठेक्का आह्वान भएको पुल कसरी अन्यत्र सारीयो वडाध्यक्ष इवारमले प्रश्न गरे ।पुल नभएका कारण बर्खामा आउने बाढीले बिद्यार्थी र स्थानियलाई बगाउदै आएको संघर्ष समितीका संयोजक लोकबहादुर थिङले बताए ।पुल नहुदा धरान वडा नम्बर ५४,५ १५,६ तथा मोरङको साबिकको याङसीला,केराबारीका जनता मारमा परेको उनले बताए । सोमबार थिङको संयोजकत्वमा १ सय ६३ सदस्यि संघर्ष समितीपनि गठन गरेका भएको छ ।
उता सुनसरी मोरङमो २ सय मिटर लम्बाई भन्दा साना पुल निर्माण गर्दै आएको सुनसरी मोरङ पुल निर्माण आयोजनाका प्रमुख कैलाश शाहले पुल निर्माणका लागि टेण्डर भएपछि श्यामचौक छेउमा पुल बनाउने कार्यक्रम नआएको बताए । हामीले पुल सार्न खोजेका हैनौ,श्याम चौकमा पुल बनाउने कार्यक्रम नै आएको छैन उनले भने ।
‘ सोइल टेष्ट र डिजाइन भएको हो तर पुल बनाउने बजेट आएको छैन शाहले भने ‘ तर बक्लौरिमा बन्न लागेको पुलको प्वाइन्ट चै श्यामचौकमा भेटिएको हो ।उनले सरकारले १० देखि १५ लाख सम्म बजेट सरकारले दिए अन्य श्रोतबाट ब्यबस्था गरेरपनि पुल बनाउन सकिने बताए ।पत्रकार सम्मेलनमा धरान वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष लिम्बुको पनि उपस्थिती रहेको थियो ।