भद्रपुर । झापाको मेचीबहुमुखी क्याम्पसका पुर्व विद्यार्थी कृष्ण ढुङ्गेलद्धारा लिखित उपन्यास ‘मिराज’को दोस्रो संस्करण एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । युवा युवतीमा हुने प्रेममा आधारित मिराज उपन्यासको स्वतन्त्र विद्यार्थी युनियन मेची बहुमुखी क्याम्पसले आइतबार आयोजना गरेको विमोचन तथा अन्तरक्रिया कार्यक्रममा सार्वजानिक गरिएको हो । पुस्तकलाई कार्यक्रमका प्रमुख अतिथी भाषाविद् चुडामणि रेग्मीले विमोचन गरेका थिए । पुस्तकको चर्चा परिचर्चा ठाकुर प्रसाद पोखरेलले गरेका थिए भने समिक्षाको बारेमा क्याम्पसमा अध्ययनरत छात्रा समिक्षा थपलियाले गरेकी थिइन् । उपन्यासमा वर्तमान अवस्थामा युवा युवतीबीच हुने मायाको भ्रमलाई चित्रण गर्ने प्रयास गरिएको लेखक ढुङ्गेलले बताए । प्रेमले सामाजिक मान्यता नपाइरहेको अबस्थामा यस्ले केहि सहयोग पुर्याउने लेखकको भनाइ छ । आफुले अध्ययनरत क्याम्पस, चमेना गृह, पुस्तकालय,खेल मैदान, कक्षा कोठाको कुना लगायतका स्थानलाइ समावेस गरेर उपन्यासमा उतारेको जनाए । कार्यक्रममा साहित्यकार चुडामणि वाशिष्ठले उपन्यासमा युवा पीढिको वर्तमान परिवेशलाइ उतारेको आँैल्याए । पछिल्लो समयमा भइरहेको मायाको भ्रमलाइ पुस्तक मार्फत सार्वजानिक गर्न लेखकले आँट गरेको उनले बताए । स्ववियु सभापति भुवन बुढाथोकिले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा क्याम्पस प्रमुख कमल गुराँगाइ,साहित्यकार खगिन्द्रा खुसी,लिला अनमोलले उपन्यासको बारेमा बोलेका थिए । प्रविन आचार्य र लोकेन्द्र थपलियाले स्वागत गरेको कार्यक्रमको स्ववियु सचिव मिराज पोखरेलले सञ्चालन गरेका थिए ।