पथरी । आफ्नो २० औँ स्थापना दिवशको अवसरमा प्रेस चौतारी मोरङले कृष्ण प्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुृरस्कार विराटनगरका पत्रकार कमल रिमाललाई पुरस्कृत गरेको छ । आइतबार पत्रकार महासंघ मोरङ शाखाको सभाहलमा पूर्व सूचना तथा संञ्चार मन्त्री सेरधन राईले पत्रकार रिमाललाई पुरस्कृत गरेको हो । लामो समय देखि विराटनगरमा पत्रकारीता गर्दै आएका रिमाललाई नगद ११ हजार १ सय ११ रुपैया सहित सम्मान पत्रले पुरस्कृत गरेको थियो । कार्यक्रममा पुरस्कृत व्यक्तित्वको बारेमा परिचय चौतारी मोरङ सदस्य हरिहर नेपालले परिचय दिएका थिए । त्यसैगरी पुरस्कार छनौट समितिका संयोजक यज्ञ शर्माले कसरी पुरस्कृत हुने व्यक्ति छनौट भयो भन्ने बारेमा प्रस्टाएका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य जीवन घिमिरे र डा.शिवमाया तुमाहाङफे, प्रेस चौतारी नेपाल केन्द्रिय लेखा आयोग अध्यक्ष विक्रम लुईटेल र पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेल लगाएत उपस्थीत रहेका थिए । जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष विनोद ढकाल, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लिलाराज भट्टराई र प्रमुख अतिथि पूर्व सूचना तथा संञ्चार मन्त्री सेरधन राईले मन्तव्य राखेका थिए ।