विराटनगर । अवैध लागूऔषध ब्राउन सुगर सहित एक जना युवालाई बिहीबार पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा मोरङ पथरी शनिश्चरे नगरपालिका १ वस्ने वर्ष २४ को युवराज लिम्बुलाई प्रहरीले अवैध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ०.२८० ग्राम ब्राउन सुगरसहित ईलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई आवश्यक अनुसन्धान भइरहेको इलका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजयी श्रेष्ठले दिए । त्यस्तै केही दिन अगाडी इलका प्रहरी कार्यालय पथरीले चिठामार्फत लाखौ रुपैया ठगि गर्ने दुई जना यूवालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ पथरी शनिश्चरे नगरपालिका १० का कुमारी मगरलाई २५ लाखको चिठ्ठा पर्यो भनि ठगी गर्ने दुई जना यूवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अछाम साबिक जर्ना गाविसका घरका बसन्त कठायत र सोही ठाउँबस्ने राजेन्द्र बहादुर कठायतलाई प्रहरीले पक्राउ श्रेष्ठले जानकारी दिए । पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले ठगी मुद्धा अन्तर्गत मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भईरहेको छ । ‘पक्राउ परेका अभियुक्तहरुले विभिन्न मितिमा १ लाख ८० हाजर पठाउन लगाइ ठगी गरेको अनुसन्धानबाट देखिएको छ,’ पथरीका प्रहरी पमुख श्रेष्ठले भने, ‘एकै दिन बसन्त कठायतको नाममा ४५ हजार र राजेन्द्र बहादुर कठायतको नाममा १ लाख ३५ हजार पीडितले पठाएका थिए ।’ पछि पुन ३ लाख २० हाजर पठउनु भनेपछि आफु ठगिएको कुरा थाहापाएपछि पीडितहरुले ईलाका प्रहरी कार्यालय पथरीमा खबर गरेका थिए । ठगिमा संलग्न दुबै जनालाई महानरिय प्रहरी परिसर काठमाण्डौको सहयोगमा ठगि गर्ने अभियुक्तलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरिएको हो ।