मोरङ । मोरङको रानी एरियाबाट प्रहरीले चालीस हजार बराबरको तस्करी गरी ल्याएको सामान बरामद गरेको छ।
सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तर्रगत तस्करी नियन्त्रण गर्न खटिएका टोलीले बिहिबार भन्सार छलेको खाधान्न, लत्ताकपडा र प्लाष्टिकका सामानहरु बरामद गरेको छ। बरामद सामानको मूल्य ४० हजार २ सय ६५ रुपैया रहेको र उक्त सामान विहिबार नै विराटनगर भन्सार कार्यालयमा दाखिला गरिएको उक्त कार्यालयले जनाएको छ।
बिस हजार बराबरको भन्सार छलेको कुर्ता बरामद
त्यसैगरी प्रहरीले विहिवार विराटनगर १० सोमबारे हाटबाट भन्सार छलेर ल्याएको ४३ पिस लेडिज टप्स (कुर्ता) बरामद गरेको छ। भारतको जोगबनीबाट लुकाई छिपाई ल्याउँदै गरेको करिब बिस हजार मूल्य बराबरको लेडिज कुर्ता बिहान ९ बजे वडा प्रहरी कार्यालय विराटनगरको मोवाइल गाडी टोलीले विराटनगर १० सोमाबार हाटस्थित भित्री बाटोबाट बरामद गरेको हो। प्रहरीको गाडी देख्नासाथ सामान ल्याउने मानिस सामान छाडी फरार भएका थिए । बरामद सामान विहिबार नै विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ।