धनकुटा । निगाले सिमेण्ट उधोग प्रा.लि.विरुद्ध गठित संघर्ष समितिले शुक्रवार छथर जोरपाटी गाउँपालिकाको वडा नं.६ का वडाध्यक्ष दिलवहादुर थगापाको नेतृत्वमा २१ सदस्यीयवार्ता समिति गठन गरेको छ । सनिवार स्थानियप्रशासन, उधोगकाव्यावस्थापक र पिडितहरुको पक्षवाट त्रिपक्षियवार्ता हुने भनिविहिवार सहमती भएपछि शुक्रवार संघर्ष समितिको तर्फवाट सर्वस्वीकार्य हुने गरि वार्ता समिति गठन गरिएको संघर्ष समितिका संयोजकदिपक गुरुङ्गले वताएका छन् । वार्ता समितिको सदस्यहरुमा वडासदस्यहरु टिमला श्रेष्ठ, दुर्गा थापा, अधिवक्ताआनन्द सन्तोषी राई, सिधुवावजार व्यावस्थापन समितिकाअध्यक्षशिवकुमार श्रेष्ठ, समाजसेवी घनेन्द्रराजश्रेष्ठ, सरस्वतीमा.वि.का प्रधानाध्यापक किरण कुमार राई रहेका छन् । त्यसैगरी उधोगवाट प्रतक्ष्य रुपमाप्रभावित क्षेत्रका पिडितहरुको तर्फवाट उदयवहादुर दाहाल, भिष्मगुरुङ्ग, इन्द्र वहादुर खड्का, सिताकाफ्ले, भरत गुरुङ्ग, टिका वस्नेत, भुपालसिंह थापा, दिपकगुरुङ्ग, भरत गुरुङ्ग, रणध्वोज घिमिरे, चिरिञ्जिवीथापा, इन्द्रवहादुर घिमिरे, युवराजथापा, मेघवहादुर खड्का र गोपाल घिमिरे वार्ता समितिको सदस्यमा सर्वसम्वत चयन भएका छन् । वार्ता समिति संघर्ष समितिको आयोजनामा सम्पन्नआम भेलाबाट सर्वपक्षिय छलफल गरि गठन गरिएको वडाध्यक्ष दिलवहादुर थापाले वताएका छन् । वार्ता समिति गठन हुनु पुर्व विहिवार जिल्लाप्रहरी कार्यालय धनकुटाका प्रमुख सुदिप राजभण्डारी, निगाले सिमेण्ट उधोगका मेकानिकल मेनेजर सरोज सेडाँई र संघर्ष समितिकापदाधिकारीहरु विच सनिवार (आज) स्थानियप्रशासनको रोहवरमात्रिपक्षियवार्ता गर्ने सहमतीभएको थियो । आम भेलाले वार्ता समितिकापदाधिकारीहरु वार्तामा वस्दा कुनकुनविषयमा सहमतीमापुग्ने भन्ने पनि सर्वपक्षिय निर्णय गरेका छन् । आम भेलाको मुख्य निर्णय अनुसार प्रदुषणयुक्त निगाले सिमेण्ट पुर्ण रुपमावन्दगरिनु पर्ने रहेको छ । त्यसैगरी हालसम्मनिगाले सिमेण्ट उधोगले मानविय स्वास्थ्यमावा प्रदुषणले असर पारेको व्याक्तिहरुको लागीउपचार खर्च तथा स्वास्थ्यविमावापत ५० लाखको माग गरेका छन् । त्यस्तै स्थानियउत्पादनहरु दुध, अलैंची, तरकारी, चियाको उत्पादनवातवरणमा प्रतिकुल असरवाट ह्रास आएको क्षतिपुर्ति स्वरुप ५ करोड रुपयाँदिनु पर्ने संघर्ष समितिले वार्ता समितिमार्फत माग गरेका छन् । उनीहरुले निगाले सिमेण्टको प्रदुषणको कारण स्वास ले प्रस्वाशमा समश्याआई विरामी परेका स्थानियवर्ष ३७वर्षिया वोधवहादुर घिमिरे र धनवहादुर घिमिरेका ११ वर्षिया नाती स्वास्तिक घिमिरेको विपि कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचार हुननसकेपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएकाले तत्कालउपचार खर्चको व्यावस्थागर्न पर्ने माग समेत गरेका छन् । वार्ता समितिले भने वार्ता स्थल समेत छथरजोरपाटी गाउपालिकाको कार्यालयमाहुनु पर्ने माग राखेको सदस्यभिष्म गुरुङ्गले ब्लाष्टलाई वताएका छन् । वार्तामा स्थानियप्रशासन, निगाले सिमेण्ट व्यावस्थापन समिति, वार्ता समितिकापदाधिकारीहरु, छथरजोरपाटी गाउँपालिकाकाअध्यक्ष शेरवहादुर लिम्वु र उधोग वाणिज्य संघ धनकुटाका अध्यक्षउमेश घिमिरे रहने वताइएको छ । तस्विर निगाले सिमेण्टउधोगको छ ।