विराटनगर । विराटनगर महानगरपालिका उत्कृष्ट महानगरपालिकाका रूपमा पुरस्कृत भएको छ ।

नगर विकास कोषले ऋणप्रवाह गरेका देशभरिका नगरमध्ये विराटनगर महानगरपालिका उत्कृष्ट महानगरका रूपमा पुरस्कृत भएको हो ।कोषको लगानीमा निर्माण भएका आयोजनाहरूको सफल कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्न सकेको भन्दै कोषको ३०औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विराटनगर महानगरलाई पुरस्कार प्रदान गरेका थिए ।

कोषले विराटनगरसहित भरतपुर महानगर, सिद्धार्थ नगरपालिका र धरान नगरपालिकालाई समेत उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।विराटनगरको बसपार्क निर्माणका लागि कोषले ८ करोड ४७ लाख रूपैयाँ र सडक क्षेत्रको विकास निर्माणका लागि पनि कूल लगानीको ११ प्रतिशत रकम लगानी गरेको छ ।

कोषको लगानीमा निर्माण भएका आयोजनाहरूको सफल कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्न सकेको भन्दै महानगर पुरस्कृत भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले बताए । आफ्नो कार्यकालमा पाएको यो उपलब्धिले काम गर्न अझै उत्साह थपेको उनले बताए ।