पानवारी । धरान उपमहानगरपालिका १४ नं. वडा समितिले ७६ जना जेष्ठ नागरिकलाई सम्मानित गरेको छ । धरानको १४ नं. वडा समितिले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्व सहित ७६ जना जेष्ट नागरिकलाई सम्मान गरेको छ । सोमबार धरान–१४ मा आयोजित कार्यक्रममा वडाका ७५ वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिकलाई लठ्ठी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै गरी धरान–१४ स्थित विजयपुर चोकमा सार्वजनिक शौचालय निर्माणको लागी जग्गादाता झलक श्रेष्ठ र राजकुमार श्रेष्ठ, एकिकृत शहरी विकास आयोजनाका व्यवस्थापक इन्जिनियर राजु पोखरेल, १४ नं. वडाको पर्यटन वृहत्तर विकास कोषलाई सम्मान गरिएको थियो । त्यस्तै गरी हिमशिखर टेलिभिजनका संवाददाता गोविन्द बस्नेत र मर्निङ टाइम्स दैनिक पत्रिकालाई जनही ५ हजार नगद सहिद सम्मान गरिएको थियो । कार्यक्रममा महिलाहरुको सिप विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै हौसला स्वरुप महिला बहुउद्देश्य संस्थालाई ३ वटा सिलाई मेसिन प्रदान गरिएको थियो । कार्यक्रममा सम्मानीत व्यक्तित्वलाई प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा १४ नं. वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतका अतिथिहरुले सम्मान गरेका थिए ।