धनकुटा/ कोशी पहाडी जिल्लामा सञ्चालित सार्वजनिक यातायातले तोकिएभन्दा बढी भाडा असुल्न थालेको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालय धनकुटाले सक्रियता बढाएको छ ।
नियामक निकायको बेवास्ताका कारण सार्वजनिक यातायात मर्यादित बन्न नसकेको, भाडा तथा आरक्षणको व्यवस्थामा मनोमानी भएको गुनासो बढेपछि सार्वजनिक सवारीमा अनुगमन बढाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकाम जोड्ने मुख्य राजमार्गमा तोकिएकै दरको भाडा उठाउने गरिएको पाइए पनि कतिपय ग्रामीण रुटमा व्यवसायीले दोब्बर भाडा लिने गरेको यात्रुहरुको गुनासो छ । व्यवसायीले धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभा चल्ने यातायातका साधनले यात्रुलाई गन्तव्यसम्मको टिकट समेत उपलब्ध नगराउने गरेको गुनासो यात्रुको छ ।