इटहरी / इटहरीमा १६ वर्षिय वालिका बलत्कारको घट्ना मिलाएको भन्दै काग्रेस तथा तरुणदलका पदाधिकारीहरुको नाम जोडेर प्रचारबाजी गरेको भन्दै तरुणदल सुनसरीले आपत्ती जनाएको छ । मगंंलवार एक विज्ञप्ती जारी गदै तरुणदल सुनसरीले बदनाम गर्ने नियतले काग्रेस नेताहरुको प्रचारबाजी गरेको जनाएको हो ।
बलत्कार जस्तो जघन्य र घृणित अपराधलाई ढाकछोप गर्ने तरुण दलका पदाधिकारीहरु संलग्न रहेको भन्दै विभिन्न सञ्चार माध्याममा आएको समाचार प्रति तरुणदलको ध्यानआर्कषण भएको तरुण दल सुनसरीका सचिब रमेश कटुवालद्धारा हस्तक्षरीत विज्ञप्तीमा भनिएको छ । जघन्य अपराधको घट्नामा राज्यको जिम्मेवार निकायबाट अनुसन्धान भईरहदा निपक्ष अनुसन्धान हुनु पर्ने उनीहरुको माग छ ।
१६ वर्ष ७ महिनाको वालिकालाई १४ वर्ष भनी केहि सामाजिक संघ संस्थाका ब्याक्तिहरु समेत राजनितिबाट ग्रस्त भई अनुसन्धानलाई प्रभावित पार्ने खोजेको भन्दै उक्त कार्य निन्दनिय भएको तरुण दल सुनसरीले जनाएको हो । तरुणदलका पदाधिकारी तथा स्थानीय लोकप्रिय नेतामाथी लगाईएको झुटो आरोप आपत्ती जनाउँदै अनुसन्धानको नाममा गलत सुचना सम्प्रेशन गरी पूर्वग्राही ढंगले ब्यतिको चरित्र हत्या नगर्ने आग्रह गदै सत्यतथ्य वाहिर ल्याउँन तरुण दलले माग गरेको छ ।
यस्तै नेपाली काग्रेस क्षेत्रनम्वर २ का क्षेत्रीय सचिब तथा अधिबत्ता रमेश पोखरेलले प्रशासन ले सुरुमा अपराधी सरह नै भएको जस्तै गरि समाचार सम्प्रेषण गरि हाल आएर काग्रेस नेताहरुलाई सार्वजनिक मुद्धा दर्ता गर्नुले प्रशासनको नियतमा खोट देखिएको वताएका छन । जबजस्ती करणी घटना सङ्ग जोडेर प्रचार प्रसार गरि सार्वजनिक मुद्धा दर्ता गर्नुले काग्रेस नेताहरुको जवर्जस्ती करणी घटनामा सम्लग्नता नभएको पुष्टि हुन्छ ।
सामाजिक संघ सन्स्था का ब्यक्तीहरु समेत सत्य तथ्य नबुझी राजनैतिक रुपले पुर्वाग्रह राखी कसैलाइ बदनाम गर्न लाग्नु निन्दनीय छ।अपराध को कसुरदार सजाय्को भागिदार बन्नु पर्छ तर सत्य तथ्य नबुझी कसैको बदनाम गर्नु मानवियता हैन । प्रहरिले अनुसन्धान का तथ्य हरु अनुसन्धान सकिनु पुर्व पत्रपत्रिकामा सार्वजनिक गर्नुले सस्तो लोकप्रियता र ब्यक्ती हिरो बन्ने प्रवृती सुरु भएको पुष्टि गर्दछ रमेश पोखरेलले भने ।