पानवारी/ मनकामना महिला बचत समुहले धरानको १५ नं. वडाका महिलाहरुलाई सिलाई कटाई ड्रेस डिजाइन तथा व्यटिसियन तालिम दिने भएको छ ।

मंगलबार १५ नं. वडा कार्यालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा दिइएको जानकारी अनुसार ६० देखि ७० जना १५ नं. वडाबासी महिलाहरुलाई ४ महिने सिलाई कटाई ड्रेस डिजाइन तथा व्यटिसियन तालिम दिइने बताइएको थियो । महिला समुहको आयोनजा तथा धरान उपमहानगरपालिका वडा नं. १५ को सहकार्यमा हुने तालिमबाट महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्य रहेको कार्यक्रममा प्रमुख अथिती १५ नं. वडाध्यक्ष नरेश इवारमले बताए ।

१५ नं. वडाको महिला लक्षित बजेट अनुसार दिइने तालिममा वडाका दलित, सिमान्तीकृत तथा पिछडिएका महिलाहरुलाई दक्ष बनाएर स्वरोजगार बनाइने महिला बचत समुहकी अध्यक्ष पार्वती भूजेलले बताइन् । उनले –‘महिलाहरुलाई तालिमका लागि तालिम मात्र नभएर साँच्चै दक्ष बनाउने र स्वरोजगार बनाउने’ भन्दै उनले महिलाहरुको सिप र दक्षतामा वृद्धि गरिने बताइन् ।