धनकुटा । प्रदेश नं.१ को राजधानीवनाउन गठित आन्दोलन परिचालन समितिसंग वार्ता गर्न वनेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञवहादुर खत्री संयोजक रहेको उच्च स्तरिय वार्ता टोलीले धनकुटामा नेपाल सरकारको स्वामित्वमा रहेको भौतिक संरचनाहरुको प्रतिवेदन सोमवार सार्वजानिक गरेको छ । वार्ता टोलीका संयोजकएवं आन्तरिक मामिलातथाकानुनमन्त्रालयका सचिवयज्ञवहादुर खत्रीको अध्यक्षतमा सोमवार जिल्लाप्रशासनकार्यालय धनकुटामा वसेको सर्वपक्षिय वैठकमा प्राविधिक टोलीले धनकुटा जिल्लाको सरकारी स्वामित्वमाहाल संचालनमा रहेको भौतिक संरचनाको प्रतिवेदन सार्वजानिक गरेको हो । दुई हप्ता अघि वार्ता टोलीका संयोजकखत्रीको संयोजकत्वमा वसेको सर्व पक्षिय वैठकले शहरी विकास तथाभवननिर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्र खतिवडाको संयोजकत्वमा ५ सदस्यीयप्राविधिक टोली गठन गरिएको थियो । उक्त टोलीले तयार पारेको प्रतिवेदन सोमवार जिल्लाप्रशासनकार्यालय धनकुटामा वसेको सर्वपक्षिय वैठकमा सार्वजानिकगरिएको हो । प्रतिवेदनमाविद्यामान धनकुटामा संचालनमा रहेको ५७ वटा सरकारी कार्यालयको हालको अवस्था र भवनसंगै २ सय ४१ वटा साना सवारी साधनको पार्किङ्ग क्षमताउल्लेख गरिएको छ । त्यसैगरी पाख्रीवास कृषिअनुशन्धान केन्द्रको १८ सय ४० रोपनी क्षेत्रफल हेप्यिाड समेत गरी ४० वटा कार्यालयको भवन, ४० वटा आवास, ५ सय भन्दामाथिक्षमताभएको २ वटा सभाहल र पार्किङ्ग स्थलप्रयाप्त रहेको पनिप्रतिवेदनमाउल्लेख छ । उताउत्तरपानीप्राविधिकशिक्षालयको धनकुटाको ८ सय ६५ रोपनीमा २० रोपनीपानीको श्रोत, हेलिप्याड समेत भएको, १५ वटा कार्यालयको भवन र ६ वटा आवास सहित अडियो÷भिडियो सहितको २ सय जना आट्ने अत्याधुनिक सभाहल सहितप्रयाप्तपार्किङ्ग स्थलभएको उल्लेख छ । प्रतिवेदनमापारिपात्ले राष्टिय सुन्तलाजातअनुशन्धान केन्द्र धनकुटाको ३ सय ६० रोपनी क्षेत्रफलमा ११ वटा कार्यालय भवन, ११ वटा आवास, १ सय जना अट्ने सभाहल र प्रयाप्तपार्किङ्ग स्थलभएको उल्लेख छ । साथै नगर विकास समितिको नाममा रहेको ४८ हजार ६ सय रोपनीजग्गामानयाँभवननिर्माण गरि मन्त्रालय राखिएका साविककाकार्यालयहरुलाई स्थान्तरण गर्न सकिने पनिउल्लेख छ । नेपाल टेलिकम, नेपालविधुतप्राधिकरण, अन्यआइएनजिओहरुको भवनको विवरण भने संलग्नगरिएको छैन । यसरी प्रतिवेदन सार्वजनिकगरिएको सर्वपक्षिय वैठकमा आन्दोलन परिचालन समितिको संयोजक सुन्दरवावु श्रेष्ठ, सदस्यहरु सुजनभाई जोशि, एमालेवाट भिम राई, नेपालीकांग्रेसवाट विष्णु पौडेल, माओवादी केन्द्रवाट ऋषिराम ढुङ्गानाको उपस्थिति रहेको थियो । त्यसैगरी सो अवसरमाउच्च स्तरिय वार्ता समितिको सदस्यहरु डिआइजी हरिहर पौडेल, ज्ञानविक्रम शाहा, निमिक्त क्षेत्रियप्रशासक सेवन्तराजदाहाल र निमिक्तप्रमुखजिल्लाअधिकारी जितवहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । त्यसैगरी स्थलगत रुपमाअनुगमनएवं मुल्याङ्गकनगर्ने प्राविधिक टोलीको संयोजकशहरी विकास कार्यालयकाप्रमुख राजेन्द्र खतिवडा, धनकुटा नगरपालिकाकाइन्जिनियर प्राविधिक टोलीका सदस्यहरु मिङ्गमा दोर्जे शेर्पा, प्रविधिककार्यलयकाइन्जिनियर दिपनारयण झालगायतको उपस्थिति रहेको थियो । जिल्लाप्रशासनकार्यालयमाभएको सर्व पक्षिय भेलाले धनकुटाको भौतिक संरचनाको पुरक प्रतिवेदनमाथिव्यापक छलफल गरेको थियो । साथै, उच्च स्तरिय टोलीले धनकुटा प्रदेश नं.१ को राजधानीहुनउपयुक्त रहेको ठहर समेत गरेको छ भने टोलीले प्रतिवेदन निणयार्थ प्रश्तुत् गर्न एक नम्वर प्रदेशको मुख्यमन्त्री शेरधन राईलाई पेश गर्ने पनिजनाएको छ ।