शनिश्चरे । वन्दको अवज्ञा गरेको भन्दै विप्लव माओवादीका कार्यकर्ताले झापाको दमकस्थित मुख्य बजारमा मंगलवार विष्फोटक पदार्थ विष्फोटन गराएका छन् ।
विहान १० वजेको समयमा सामान्य प्रकारको पटकाजस्तो देखिने बिस्फोटक पदार्थ फ्याकेर एक समूह भागेको कुरा प्रत्यक्षदर्शीहरुले जनाएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले वताए ।
पसलहरु खुलिरहको अवस्थामा फ्याकिएको विस्फोटक पदार्थ पड्किएपछि त्यहाँका पसलहरु वन्द भएका थिए । बन्दको अवज्ञा गर्दा बम बिस्फोट गराइएको नेपाल कम्युनिस्ट पार्टी माओबादीका एक नेताले बताएका छन् । सो घटनापछि दमकको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
दमकलाई बन्द निषेधित बनाइएको र यस्तो कार्यबाट आफूहरु बिचलित नहुने ब्यवसायीहरुले जनाएकाछन् । यद्यपी त्यसपछि भने दमकमा बन्दको केही प्रभाव परेको छ ।