काठमाडौं/ निर्माणधिन इटहरी तरहरा सडक खण्ड सडक खण्डको इटहरीदेखि तरहरासम्मको ५ किलोमिटर सडक अत्याधुनिक बन्दैछ । परियोजनाका इन्जिनियर सुुमोद पोखरेलका अनुसार इटहरीको मुख्य चोकदेखि तरहरासम्म हालको सडकको बीच भागबाट २५ देखि २५ मिटर दायाँ बायाँसम्म सडक फैलिने छ ।सडक निर्माणमा विभिन्न कानुनी उल्झन देखिए पनि सडक विभागको पक्षमा फैसला भएको हुँदा सडक निर्माण नरोकिने इन्जिनियर पोखरेलले बताए । राजमार्ग निर्माण व्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी९धरान सडकलाइ सेन्टर लाइनबाट दायाँ बाँया २५र२५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ ।
इन्जिनियर पोखरेलका अनुसार इटहरी तरहरा सडक ५ किलोमिटर लामो हुनेछ भने चौडा ५० मिटरको हुनेछ । सडकको बीच भागमा ३ मिटरको बगैंचा हुनेछ । बगैंचाको बीचमा सोलार बत्तीको लागि पोल गाडिनेछ । सडकको दाँया बाँया फुुटपाथ र साइकल लेन हुनेछ । यो सडक खण्डमा दोहोरो गाडी कुदाउन मिल्ने सर्भिस लेन रहनेछ ।
यो सडक निर्माणका लागि दशैंपछि १ करोड ८० लाख रुपैयाँमा ठेक्का लागेको छ । आशिष सन्तोषी लुुम्बिनीले तरहरादेखि काम शुरु गरिसकेको छ भने स्वच्छन्द कान्छाराम सैलुङ जेभीले इटहरीदेखि काम शुरु गरेको छ । भनेको समयमा रकम भुुक्तानी गर्न सकेमा निर्धारित २ वर्षभित्र निर्माण सक्ने ती कम्पनीहरुले बताएका छन् ।
चाँडै सक्न मुख्यमन्त्री राईको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने यो सडक निर्माणको काममा चासो राखेका छन् । सडक निर्माणको गति सुस्त भएको भन्दै मुख्यमन्त्री राईले काम अगाडि बढाउन फागुन ६ गते नै सडक निर्माण आयोजनालाई निर्देशन दिइसकेका छन् । पूर्वका मुख्य तीन शहर हुँदै किमाथांका९जोगबनी अन्तरदेशीय सडक सञ्जालमा जोडिने भएकोले विराटनगर धरान ६ लेन सडक खण्ड प्रदेशकै गौरवको परियोजना भएको मुख्यमन्त्री राईले बताउदै आएका छन् ।