पथरी । कानेपोखरी गाउँपालिकाको कार्यालय स्वास्थ्य शाखाले हात्तीपाइले विरुद्ध औषधि खुवाउने कार्यक्रमको अन्तरक्रिया सम्पन्न गरेको छ । विहीबार वडा नम्बर ६, स्थीत विहीबारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै समाप्त गरेको हो । यही फागुन १२, १३ र १४ गते हात्तीपाइले विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको छ । औषधि खुवाउनलाई प्रभावकारी वनाउन ८ गतेबाट वडा–वडाका स्थानीयहरुका लागि अन्तरक्रिया गर्दै आएका थिए । अन्तरक्रिया कार्यक्रममा विहीबार शिक्षक,क्लबका सदस्य,जनप्रतिनिधि,बृद्धिजिवि, समाजसेवी लगाएत गरी १ सय जना उपस्थीत भएका थिए । त्यसैगरी, शिक्षण संस्थाहरुमा समेत औषधि सेवनको जनचेतना फैलाउको लागी विद्यार्थीहरुसँग अन्तरक्रिया गरिएको थियो । अभियानका लागि १२ गते तोकिएको केन्द्रमा खुवाउने र १३ र १४ गते घरघरमा गएर औषधी खुवाउने कार्यालयका स्वास्थ्य शाखाका सहसंयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए । १३ र १४ गतेको लागी ५० घर बराबर १ स्वंमसेवक खटिने स्वास्थ्य शाखाले बताएका छन् । अहिले कानेपोखरी गाउँपालिकामा २५ जनामा हात्तिपाइले रोग देखा परेको छ । मोरङ जिल्लामा कुल जंनसंख्याको ८ प्रतिशतलाई हात्तिपाइले रोग लागेको जिल्ला जनस्वास्थ कार्यालय मोरङको अभिलेखमा छ । औषधि २ बर्षदेखी माथी ७० बर्षसम्मका निरोगी व्यक्तिहरुले खान सक्ने चिकित्सकहरुले बताएका छन् । त्यसैगरी २ बर्ष भन्दा मुनिका, गर्भवती अवस्था, ७ दिन भित्रको सुत्केरी र दिर्गरोगीहरुले भने खान नहुने बताएका छन् । स्थानीयतहका सबै जनाले अनिवार्य रुपमा औषधि खानु पर्ने कानेपोखरी गाउँपालिकाका प्रमुख ताराबहादुर काफ्लेले बताए । गाउँपालिकामा बयरवन,केरौन र होक्लाबारी गरी ३ वटा स्वास्थ्यचौकी रहेका छन् ।