छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी आइसियुमा
सिरहा - लक्ष्मीपुर ४ मा छोराको रड प्रहार बाट आमाको मृत्यु भएको छ ।
सिरहा लक्ष्मीपुर ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुँदा आफ्नै आमा ४५ वर्षीय ज्ञान देवी दास र १६ वर्षीय बहिनी सुनिता कुमारी दासलाई बुधबार फलामे रडले प्रहार गरि गम्भीर घाइते बनाएका थिए ।
रड प्रहारबाट टाउकोमा चोट लागि गम्भीर घइते भएकी ज्ञान देवी दास र सुनिता कुमारी दासलाई उपचारका लागि बिराटनगर न्युरो हस्पिटल लगियो ।
त्यहाँ सामान्य उपचार गरि नोवेल हस्पिटलमा रेफर गरिएको थियो ।
आमा छोरी दुबैको आइसियु वार्डमा उपचार भइरहेको अवस्थामा विहिबार राति आमा ज्ञान देवी दासको मृत्यु भएको ईलाका प्रहरी कार्यलय महेशपुर, पतारीले जनाएको छ।
रड प्रहार गर्ने राम दास ततमालाई प्रहरीले पक्राउ गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।





























