धरान / धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडिको एक होटलमा आगलागी हँदा १ लाख बराबरको क्षति भएको छ ।
आज बिहान ग्राण्ड होटलमा आगलागी भएको हो । बिहान करिब २ः३५ बजे डम्बर बहादुर लिम्बुको घरमा रहेको शान्त मगरको होटलमा सिलिण्डर पडकिएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ३ वटा सिलिण्डर,टिनको टहर भएको किचन र छिमेकी टेकबहादुर सुन्दासको घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।
करिब आधा घण्टापछी दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । आगो निभाउने क्रममा धरान १८ का अमृता लिम्बुको बाया हात जलेको छ । उनको विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
आगलागीबाट के कति क्षती भयो भनी बिवरण संकलन भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।