पानवारी । विवाहित महिलाहरुले प्रतिष्पर्धा गर्ने मिसेस प्रदेश एक सौन्र्दय प्रतियोगितामा सहभागीहरुको बन्द प्रशिक्षण सुरु भएको छ ।

प्रदेश नं. १ का विभिन्न सहरमा भएको अडिसनबाट छानिएर आएका प्रतियोगिहरुलाई आयोजक वुमन वर्थ गु्रपले बन्द प्रशिक्षण दिन सुरु गरेको गु्रपका सदस्य तथा कार्यक्रमका निर्णायक व्यवस्थापन संयोजक सुजता श्रेष्ठले जानकारी दिइन् । सहभागिहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा सम्बन्धीत विज्ञ तथा जानकारहरुबाट प्रशिक्षण गराइने प्रचार प्रमुख उमा लिम्बू ताम्रकारले जनाइन् । प्रशिक्षणमा महिला अधिकार तथा महिला सशत्तिकरणको विषयमा महिला संजाल धरानकी उपाध्यक्ष सविता र्राइ, आत्मरक्षा प्रशिक्षण कराते प्रशिक्षक अषेश मगर लगायत उनको टिमबाट प्रशिक्षण दिइएको त्यस्तै गरि मिसेस नेपाल इन्टरनेसनल पुर्व विजेता अनुपमा राईले आफ्नो अनुभव साटेकी थिइन् ।

सहभागीहरुलाई फागुन २४ गतेसम्म सकरात्मक सोचाइ अभिवृद्धि, संस्कृती र पहिचान सम्बन्धि, महिला स्वास्थ्य समस्या तथा समाधान, प्राथामिक उपाचार, उद्घोषण तथा भाषणकला, आधारभुत पत्रकारीता तथा फोटोग्राफि सम्बन्धि जानकारीमुलक कक्षा, टेवल शिष्टाचार, फिटनेस तालिम, विजनेस टक, पर्यटन पर्वद्धन कक्षा, अर्गानिक कृषि सम्बन्धि जानकारीमुलक भ्रमण, मेकअप तालिम, ¥यामवक तथा क्याटवक सेसन र फोटो सेसन लगायत विषयमा तालिम तथा प्रशिक्षण गराइने आयोजकले जनाएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले फागुन २६ गते धरान ८ स्थित धरान सभागृहमा हुनेछ भने प्रतियोगितामा धरान, इटहरी, दमक, विर्तामोड, धनकुटा, मोरङ्ग, खोटाङ्ग, भोजपुर, ताप्लेजुङ र पाचथरबाट २१ देखि ४५ वर्ष उमेरका महिलाहरुले सहभागिता जनाएका छन् ।

उपाधि विजेताले नगद एक लाख सहित क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर, फस्ट रनरअपले नगद पचास हजार रुपैया र सेकेन्ड रनरअपले नगद २५ हजार रुपैया, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्ने गु्रपका आर्थिक विभाग प्रमुख रोजि ताम्रकारले जनाएकी छन् । त्यस्तै गरि मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन र मिसेस एक्टिभ टाइटल विजेताले पनि ट्रफि र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।