काठमाडौं/ नायिका प्रियंका कार्कीले मंगलबार आफ्ना ३२औं जन्मदिन रमाइलो गरी मनाइन् । तर, उनलाई बर्थ डेको सरप्राइज गिफ्ट भने उनका प्रेमी आयुष्मानदेशराज जोशीले दिएका छन् ।
आयुष्मानले प्रियंकाका लागि राजधानीस्थित एक क्लबमा घोडाको बग्गीमा फूल र बेलुनले सजाएर डुलाएका छन् । आयुष्मानले दिएको सो सरप्राइजले आफू निकै भावुक र भाग्यमानी महसुस गरेको प्रियंकाले उल्लेख गरेकी छन् ।
कुनै फिल्मको सिन जस्तो लाग्ने गरी प्रियंका र आयुष्मान कालो रङको कपडामा सजिएका छन् । बग्गीमा राखेर आयुष्मानले प्रियंकालाई घुमाएका छन् बेहुला बेहुली जस्तै लाग्ने गरी ।