काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने कसैलाई पनि नछोडिने बताएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा शुक्रबार विर अस्पतालको सर्जिकल भवन सिलन्यासका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टाचार नगर्ने र गर्ने जो कोहिलाई पनि नछाडिने बताएका हन्। ओलीले आफूलाई थकाई लागे छाड्ने प्रसंग उल्लेख गर्दै काममा थकाई लागे छाड्न निर्देशनसमेत दिए। चिकित्सा विज्ञान प्रतिष्ठानको कुलपतिका हैसियतले उक्त भवनको सिलन्यास गर्न विर अस्पताल पुगेका ओलीले देशमा ७० प्रतिशत जनशक्तिलाई टेक्निकल तर्फ लैजाने तयारीभएको समेत बताए।
त्यस्तै ओलीले केहि दिन अगाडि एक अस्पतालले दाहिने घुँडाको अपरेशन गरेको प्रसंग निकाल्दै यस्तो कार्य गर्नु अपराध भएको यसलाई डाक्टरको चरम लापरबाही भएको उल्लेख गरे। त्यस्तै उनले भने ‘१७ नम्बरको बिरामीको अपरेशन गर्नु पर्नेमा २१ नम्बर बेडको विरामीको अपरेशन भएमा के हुन्छरु’ भन्दै प्रश्न समेत गरे। शिलन्यासको क्रममा प्रधानमन्त्री ओलीले उक्त भवन २०७७ सालमा बनिसक्ने वचन पाएको हुनाले आफू शिलन्यास गर्न आएको समेत बताए। तोकिएको मितिमा निर्माण नभए कुनै सम्झौता नहुने समेत उल्लेख गरे। थाहाखबर