विराटनगर/ छुट्टा छुट्टै दुई जिल्लामा शनिबार भएको सवरी दुर्घटनामा ३ जना घाइते भएका छन्।
मोरङको बेलबारी नगरपलिका-९ डाँगिहाट स्थित भित्री सडक खण्डमा को २६ प ७६२६ नम्बरको मोटरसाइकलको ठक्करबाट बेलबारी नगरपलिका-९ डाँगिहाट बस्ने बाबु राम राउतको ३ बर्षिया छोरी रेजिना राउत घाइते भएकी छिन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मोटरसाइकलका चालक प्रहरी चौकी डाँगिहाटको नियन्त्रणमा छन्।
यस्तै मोरङकै कानेपोखरी गाउँपालिका- ७ मा को २७ प ७७८५ नम्बरको मोटरसाइकललाई बा १८ च ८७६२ नम्बरको स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने २२ बर्षिय साहिल लिम्बु घाईते भएका छन्। उनको पथरीमा अस्पतालाम उपचार भइरहेको छ। स्कारपियोका चालक इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा छन्।
यता उदयपुरको लिमचुङ्बुङ्ग गाउँपालिका-२ ताम्लिक्छामा ना ५ त ५४५५ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँकी ५१ बर्षिया राम कुमारी राई घाइते भएकी छिन्। उनको जिल्ला अस्पताल गाईघाटमा उपचार भईरहेको छ। ट्याक्टरका चालक प्रहीको नियन्त्रणमा छन्।