सुनसरी/ सुनसरीको बराह नगरपालिका-११ बस्ने पुरण चौधरीको घरबाट लागेको आगोले शनिबार अन्दाजी ६२ परिवारका ८०\९० घर जलेर नष्ट भएका छन्।
बेलुका ८ बजेतिर विधुत सर्ट भइ लागेको उक्त आगो ५ वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा ३ घण्टापछी नियन्त्रणमा लिएको छ भने क्षतिको विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगो निभाउने क्रममा कोशी गाउँपालिका-३ बस्ने ४१ बर्षिय प्रभु सरदार घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।