तरहरा/ सुनसरीको इटहरी ३ स्थित पर्यटकिय क्षेत्र तालतलैया क्षेत्रमा सात दिन देखि बहुला कुकुरले आतंक मच्चाएको छ । बहुला कुकुरले पशु चौपाया र मानिसलाई टोक्न थालेपछि स्थानीय आतंकित बनेका छन् । बहुला कुकुरले अहिलेसम्म ४० देखि ४५ पशु चौपायालाई टोकेको छ भने ३ दर्जन स्थानीय वासीन्दालाई समेत टोकको छ ।

गाई, भैंसी, वाख्रा लगायत बाँधिएका पशु चौपायालाई घर घरमा गएर बहुला कुकुरले टोकेको इटहरी ३ का स्थानीयबासी गंगाबहादुर रायले वताए । पछिल्लो समयमा बहुला कुकुरले आतंक मच्चाएको बताए । आफ्नो ७० हजार रुपैया पर्ने गाई कुकुरको टोकाईबाट मरेको गुनासो गरे । पाँच पटक रेविजको सुई लगाउँदा पनि बचाउँन सकिने उनले भने । गाउँतिर अधिकांसको पशुलाई कुकुरले टोकेको उनको भनाई थियो । तालतलैयाकै किशन ओझाको वाख्रा पनि कुकुरको टोकाईले मरेको उनको भनाई थियो ।

शनिवार मात्र इटहरी ३ मा आठ जना मानिसलाई समुहमा हिड्ने बौलाह भुसिया कुकुरले टोकेको इटहरी ३ का वडाअध्यक्ष वालकृष्ण विष्टले वताए । तालतलैया क्षेत्रमा बनभोजको समयमा मासुखान पल्केका कुकुरहरु वनभोजको मौषम हटेसँगै गाउँमा पसेर पशु र मानिसलाई आतंकित बनाई रहेको वताए । यस क्षेत्रका स्थानीय कुकुरको टोकाईबाट आतंकित बने पनि जिल्ला जनस्वास्थ्य कार्यलयले भने वेवस्ता गरेको उनको भनाई थियो । निशुल्क पाउँने रेविजको सुई तत्काल अपलब्ध गराउँन स्थानीयले माग गरेको छन ।

एक हप्ता यता कुकुरको टोकाईबाट करीव ३ दर्जन मानिस पिडित भएको वडाअध्यक्ष विष्टले वताए । ४० वटा भन्दा वढि पशुलाई टोकेको भए पनि अहिले सम्म करीव आधा दर्जन पशुचौपाय भने मरेको उनको भनाई थियो । शनिवार ८ जना मानिसलाई कुकुरले टोक्यो केहि कुकुर मरेको छ गाउँले त्रसित भएका छन उनले भने । रेबिजको सुई महगो भएको कारण जनस्वास्थ्य कार्यलय सुनसरीलाई मागेको भए पनि वेवस्ता गरेको उनको गुनासो थियो ।

जिल्ला जनस्वास्थ्य मार्फत निशुल्क आउँने सुई सर्वसाधारणले नपाएको गुनासो गरेका छन । एउटा सुईको बाहिर किन्दा ६ सय १२ रुपैया पर्छ त्यो लगातार ५ पटक लगाउँनु पर्ने भएको कारण समस्या भएको स्थानीयले गुनासो गरेको छन । वडाअध्यक्ष विष्टले भने । तालतलैया क्षेत्रको भुसीया कुकुर ब्यवस्थापन गर्न उपमहानगरलाई समेत खवर गरीसकेको उनको भनाई थियो ।

यता जिल्ला जनस्वाथ्य कार्यलय सुनसरीका प्रमुख मुकुन्द्र गौतमले बौलाह कुकुरले टोकेर गाउँले आतंकित भएको भन्दै त्यस तर्फ आफुहरुले ध्यान दिएको वताए । मैले विराटनगर वा इनरुवा आउँनु भनेको छु उनले भने । रेविजको सुई जिल्ला जनस्वाथ्यमा नभएको कारण आईतवार वेलुका सम्म आईपुग्ने वताए । कुकुरले टोके लगातै मान्छे मारीहाल्ने हैन नअत्तालिए हुन्छ प्रमुख गौतमले भने ।