विराटनगर/युवा युवतीहरूलाई रोजगारी दिने उद्देश्यले मोरङको धनपालथान गाउँपालिकामा मोबाइल फोन मर्मत, ब्यटिसियन र बिल्डिङ्ग इलेक्ट्रिसियन तालिम सुरु भएको छ ।

[caption id="attachment_76697" align="aligncenter" width="1500"] रोजगारमुलक तालिमकको उद्घाटन गर्दै ।[/caption]

धनपालथान गाउँपालीकाको आर्थिक सहयोग र जय नेपाल होटल म्यानेजेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रो.लीको आयोजनामा आइतबारदेखी तालिम सुरु भएको हो ।

सिमा क्षेत्रमा बसोबास गर्ने निम्न आर्थिक अवस्था भएका युवा यूवतीहरूलाई रोजगारी प्रदान गर्ने उद्देश्य अनुरुप तालिम दिएको बताइएको छ । उक्त तालिममा धनपालथान गाउपालीका १, २ र ३ वडाका ६० जनाको सहभागि रहेको आयोजक समितिका अध्यक्ष मो. इर्शाद अन्सारीले जानकारी दिए । तालिमको उद्घाटन धनपालथान गाउँपालिकाका प्रमुख हिरा लाल सिंहले गरे । तालिममको उद्घाटन गर्दै प्रमुख सिंहले तालिममा सिकेको सिप व्यवहारमा उर्तान जोड दिए ।

कार्यक्रममा धनपालथान गाउँपालीकाकी उपाध्यक्ष नसिमा बानो, प्रशान प्रमुख बुकु प्रसाद आचार्य तथा वडा अध्यक्षहरूको उपस्थीति रहेको थियो ।