धरान । सुनसरीको धरान- ८ स्थित तिनकुनेबाट प्रहरीले बुधबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत दार्जेलिङ बस्ने २६ बर्षिय देवराज राय रहेका छन्। प्रहरीले उनको सथबाट नाईट्रोशन ९ ट्यापलेट, स्पास्मो प्रोक्सीभन ११ क्याक्सुल, चरेश ५ ग्राम र एलएसडी २ पत्ता बरामद गरेको छ। साथै उनीसंगै रहेका अन्य दुई जनालाई समेत प्रहरीले अनुसन्धानकालागी नियन्त्रणमा लिएको छ।

यस्तै मोरङको पथरी-शनिश्चरे नगरपालिका-९ शनिश्चरे बजारबाट प्रहरीले बुधबार बेलुका पथरी-शनिश्चरे नगरपालिका-९ बस्ने २२ बर्षिय मनोज मगर र १७ बर्षिय साजन राईले KOFTARB ७ पिस, TRICARE-१४ पिस र SPAZMOL नामक ७ पिस लागूऔषध बरामद गरेको छ। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ।