भद्रपुर । झापामा रहेर भन्सार छलि काम गर्दै आएका कारोबारीले विभिन्न तहमा सेटिङ् मिलाएर काम गर्दै आएको थप पुष्टि भएको छ । भद्रपुरमा रहेका तिन समुहका कारोबारीले आ– आफनो लाइन मार्फत नाका प्रयोग गरेर झापा लगायत सुनसरी, मोरङ् ,इलाम जिल्लाका नाकासमेत प्रयोग गरि भन्सार छलेर लत्ता कपडा, मोटर पार्टस,लागूऔषध,इलोक्ट्रोनिक सामान भित्र्याइरहेका छन् भने नेपालवाट सुपारी, नेपाल लिभरवाट उत्पादित सामान लगायत चुरोट समेत भारत तर्फ पठाउने गरेका छन् । वर्षौयता देखि मानव तस्कर र पछिल्लो समय वन्यजन्तु ओसार पसार समेत हुने गरेको उदाहरण प्रशस्त छन् । कारोबारीले भारतको सिलगढी बजारका भिपी ,जिन्दल , विहारी टेर्डस,केडिया,बिके,सुरबी लगायतका पसलवाट दैनिक तिन देखि चार सय पोका सामान उठाउने गरेका छन् । उठाइएका एक देखि दुइसय पोकालाई भारतको पानी टंकी हुदै काकडभिट्टा र भारतकै गलगलिया नाका हुदै भद्रपुर,केचना, पृथीवीनगर लगायतका नाकावाट विर्तामोड निस्कने गरेको छ । कारोबारीले सामान वैद्य बनाउनलाई झापाको मेची भन्सार र भद्रपुरको छोटी भन्सारमा केहि पोका काट्ने गरेका छन् । उता बाँकी रहेका पोकालाई भारतको बिरपुर, हरिपुर र भिमनगरमा जम्मा भइ सुनसरीको श्रीपुर, भोक्रा– इनरुवा हुदै इटहरी आउने गरेको पाइएको छ । कारोबारीले सुनसरीका सशस्त्रका साधा पोशाकमा खटिएका दुर्गानन्दको सेटिङ्मा कृष्ण र सञ्जीवले काम गर्दै आइरहेका छन् । सिलगढीवाट उठाइएका प्रतिपोका दुइ हजारमा इटहरी आइपुग्ने भएकोले झापा भन्दा सुनसरी नाका सस्तो भएर काम गर्दै आएको स्रोतले जनाएको छ । दुइदिन अघि सुनसरी प्रहरीले ४० लाख मूल्य बराबरको कुर्ता सरुवाल नियन्त्रणमा लिइ इटहरी स्थित राजस्व अनुसन्धान कार्यालय बुझाएको छ । को १ ख ४०१० नम्बरको ट्रकमा राखेर ल्याउदै गरेको अवस्थामा शंका लागेर प्रहरीले गाडीसहित कपडा नियन्त्रणमा लिएको थियो । इटहरी,विराटनगर र धरानका दश जना व्यापारीको नाममा काटिएको प्रज्ञापन पत्र रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । अनुसन्धानमा बाधा पुग्ने भन्दै थप विवरण खुलाएको छैन । झापावाट काम गर्ने कारोबारीलाई इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयले दुःख दिन थालेपछि कारोबारीले विर्तामोडका एक कपडा व्यापारीकोमा मासिक एक लाख रुपैया जम्मा गर्ने गरेका छन् । रकमलाइ समय मिलाएर राजस्वका एक कर्मचारीले लैजाने गरेका छन् । रकम दिएको विषयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृत देवराज भुषाल अनभिज्ञ भएको बताउँछन् । एउटा कर्मचारीले त्यस प्रकारको आँट गर्ननसक्ने उनले दाबी गरे । कार्यालय प्रमुख काठमाडौ जानु भएकोले आएपछि यस विषयमा सोधपुछ गरिने उनले जनाए । सवै कर्मचारीको एउटै उद्देस्य नभएकोले कतिपय घट्नामा छापा मार्नजानु भन्दा अगाडीनै सम्बन्धित र्फमले जानकारी पाउने गरेकोले नि केहि समस्या आएको उनको भनाइ छ । पछिल्लो समय स्थानीय तहको निर्वाचन देखि र हालको सरकारले स्पष्ट कार्यनिर्देशन नदिएका कारण काम गर्न अन्यौल भएका बताए । हाल विलबिजकको आधारमा मात्र अनुसन्धान गरिरहेको उनले सुनाए ।
घोषले ब्लाष्टकर्मीलाइ धम्क्याए
झापामा तस्करी मौलायोको विषयमा समाचार प्रकाशित भएपछि भद्रपुरका कारोबारी सञ्जीब घोषले ब्लाष्टकर्मी तथा पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य उत्तम नेपाललाई तथानाम गाली गर्दै धम्क्याएका छन् । उनले जति समाचार लेखेपनि जुनसुकै निकायले मलाई केहिनहुने भन्दै अपशब्द प्रयोग गरि चुनौती दिएका छन् । उनले फोनमा मेरो बारेमा समाचार लेख्ने तिमिलाइ अधिकार नभएको भन्दै अपशब्द प्रयोग गरेर नेपालको श्रीमतीको नाम लिएर अपशब्द प्रयोग गरेका छन् । त्यसको केहि समयपछि घोषले आफनो फेसबुक वालमा नेपालको फोटो राखेर विहान उठेदेखि पैसा कमाउन हिड्ने पैसा दिए राम्रो र नदिएमा जथाभाबी ,विना प्रमाण समाचार लेख्ने भन्दै आफुले मासिक ६० लाख देखि एक करोड सम्म भन्सार राजस्व तिर्ने गरेको उल्लेख गरेका छन् ।