धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका-२ स्थित ईलामे थालाखाम सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा विहीबार एक जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा सहिदभूमी गाउँपालिका-२ बस्ने ५० बर्षिय वेनु प्रसाद छारा राई रहेका छन्। अपरान्ह ३ बजेतिर आगो निभाउने क्रममा आगोले पोलेर गम्भिर घाइते भएका उनको बिराटनर्सीङ होम बिराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो।
आगलागीबाट उनको १ तले घर तथा गोठ समेत पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय छिन्ताङले जानएको छ।