भद्रपुर/झापाको पूर्वी दक्षीणी गाउँपालिका कचनकवलले पहिलोपटक आफ्नो सेवा वारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । जिल्ला कै विपन्न तथा पिछडिएको क्षेत्रको पहिचान पाएको गाउँपालिकाले यस आर्थिक वर्षमा भए गरेका कामप्रति नागरिकसित सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
[caption id="attachment_77183" align="alignleft" width="493"] फायलफाेटाे[/caption]गाउँपालिकाका नागरिकहरुले भने शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, कृषि, पशु सेवा जस्ता जनजीवनका आधारभूत क्षेत्रमै ठूलो समस्या रहेकोले गाउँपालिकाको नेतृत्वले सोचेर बुझेर काम गर्नु पर्ने सुझाव दिएका छन् । स्थानीय नागरिक तुलसीराम खतिवडा भन्छन् भविष्यको जगका रुपमा रहेको शिक्षा क्षेत्र शिक्षकविहिन बन्दा गाउँपालिका रमिते देखिएको भन्दै शिंहदरवारका सपना होइन नागरिकका झिनामसिना काम गर्न लाग्नु पर्ने बताउँछन् । यस्तै स्थानीय टिका अकेला दाहालको गुनासो भुसिया कुकुरले घाइते बनाएको खसी उपचार गर्ने पशु चिकित्सक कपासको पैयाँ दिएर औषधी छैन भनिरहँदा व्यवसायिक पशुपालनको नारा र सपना बाँड्ने जनप्रतिनिधि खै ? भन्दै प्रश्नमाथि प्रश्न वर्षाउन पुगे । यस्तै कृषक कालिबहादुर लिम्बु भन्छन् सम्बृद्धिका सपना देखाएर प्रधानमन्त्री कृषि परियोजना धान सुपरजोनको इकाइ राख्ने कचनकवलका कृषक आफ्नो उत्पादित धान उचित मूल्यमा विक्री नभएर कौडीका भरमा बेच्नु पर्ने दिन कहिलेसम्म रहने भन्दै आक्रोस पोखेका थिए । नागरिकका गुनासा तथा जिज्ञासाको सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले समस्या नै समस्याको चाङ रहेको गाउँपालिकामा जनपक्षीय कामका लागि समावेशी विकासको अवधारण अनुसार ३८ करोड ६८ लाख ३७ हजारको वार्षिक वजेट परिचालन गरिएको प्रष्ट पारे । उनले हिजोदेखि जरा गाडेर बसेका धेरै ठूला समस्या आजको भौली हल हुन नसक्ने तथ्यलाइृ बुझेर सवै खाले समस्या अन्त्य गर्न इमान्दार भएर लाग्ने प्रतिबद्धता राखेका थिए । यस्तै उपाध्यक्ष निमसरी राजवंशीले न्यायिक अधिकारको सुरक्षा गर्दै स्थानीय मेलमिलापको आधारमा पीँडितलाई न्याय दिने गरेको धारणा राखीन् । उनले महिलाको विकासका लागि शीपमा आधारित क्षमता विकासका काम गाउँपालिकाले गर्ने नीति लिएको प्रष्ट पारिन् । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहालले गाउँपालिकामा विषयगत अधिकार पनि प्रत्यायोजन भएकोले सवै विषयगत जानकारी नहुँदा काम गर्न समस्या भएको उल्लेख गरे । उनले जनताका सेवामा कर्मचार िप्रशासन इमान्दार रहेको प्रष्ट पारेका थिए ।