भद्रपुर/ झापामा तस्करी मौलाएको विषयमा गुनासा आएपछि जिल्ला प्रहरी कार्यालय झापाले सीमा क्षेत्रमा निगरानी बढाएको छ । तस्करी नियन्त्रणमा लागेको प्रहरीले भद्रपुर क्षेत्रवाट धमाधम सामान बरामद गर्न थालेको प्रहरीले भारतवाट भन्सार छलेर नेपाल भित्र्याउदै गरेका लत्ता कपडा ,हाडवेयरका सामान बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरले दिएको जानकारी अनुसार शुक्रबार विहान ८ बजे अन्दाजी ४० हजार मूल्य बरावरको सामान बरामद गरेको जनाएको छ । प्रहरी गस्ती टोलीले भद्रपुर ४ स्थित डाँगीबारी क्षेत्रवाट कपडा, रसायनिक मल , अगरबत्ती,हाडवेयरका सामान बरामद गरिएको वडाका इन्सपेक्टर प्रकाश जवेगूले जनाए । प्रहरी टोलीलाइ देख्ने वित्तिकै सामान छाडेर कारोबारी भागेकोले सामान बरामद गरि कार्यालयमा राखिएको उनले जानकारी दिए ।

त्यसैगरि लागूऔषध कारोबारमा संलग्न दुइ जनालाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ । भारतवाट मे ७ प ५२६० नम्बरको पल्सर मोटरसाइकलमा नेपाल आउदै गरेका कारोबारीलाई भद्रपुर मेची किनारमा चेक जाँचको क्रममा विहीबार साँझ पक्राउ गरिएको इन्सपेक्टर जवेगूले बताए । पक्राउ पर्नेमा भद्रपुर ९ का २२ वर्षिय बसन राई र ५ का २० वर्षिय रेशल खडका रहेको जवेगूले जनाए । शरिर चेकजाँचको क्रममा नाइट्रोजन ट्याब्लेट ५८ चक्की फेला पारी आवश्यक कार्वाहीको लागि बरामद समानसहित उनिहरुलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको उनले जानकारी दिए ।