दुहवी/ दुहवी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु विच बजेट फर्सोटको विषयलाई लिएर कुटाकुट हुन पुगेको छ । बजेट फर्सोटको विषयलाई लिएर जनप्रतिनिधिहरु बिच कुटाकुट हुदा नगरपालिका भित्र तनाबग्रस्त हुदा प्रहरी समेत हाईअलर्टमा बस्ेको थियो ।

दुहवी ५ मा रहेको खेल मौैदान पुर्ने नगरपालिकाले छुट्याएको ८ लाख रुपैयाँको माटो पुर्ने उपभोक्ता समिति मार्फत काम गरेको थियो । शुत्रवार वडानम्वर ५ का वडाअध्यक्ष रमेश रौनीयार,सस्दय कृष्ण योञ्जनले नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाहलाई बजेट फर्सोट गर्ने विषयमा विवाद हुदा हात हालाहालको स्थीती सिर्जना भएको दुहवी नगरपालिकाका एक सदस्यले वताए । वडानम्वर ५ ले बजेट फर्सोट गराउँन माग गरेको थियो भने उपमेयरले इन्जििनियर लगाएर मात्र पास गराउँछु भने पछि केहि दिन अघि देखि विवाद भईरहेको एक वडासदस्यले भने । वडासदस्य योञ्जन र उपमेयर शाहविच हातहालाल भएको थियो । उपमेयरले अहिले पास गर्दिन इन्जिनियर ल्याएर मात्र पास गराउँछु भने पछि विवाद बढेको वताईएको छ । तर अर्को पक्षले भने पास गराउँन रकमको अपेक्षा गरेको कारण विवाद भएको वताईएको छ । उपमेयर सुनिता दाहाल शाहले उपभोक्ता समितिले काम सकेर अनुगमन नगरी काम फर्सोट गनुहोस भनेका थिए । मैले नमाने पछि मलाई हातपात गरेर कुटपिट गरे उपमेयर शाहले भनिन् । मैले इन्जििनियर लगाएर अनुगमन गर्छु भने पछि मलाई कुटपिट गरे फोन सम्पर्कमा उमपेयर शाहले भनिन् । म माथी ज्यादती भयो शाहले थपिन् । उपमेयर र नगरपालिकाको कार्यशैली गलत भएको भन्दै स्थानीयले नगरपालिका भित्र नाराबाजी समेत गरेका छन । न्यायिक समिति दुहवीको अध्यक्ष तथा उप–मेयर सुनिता दाहाल(साह) ले गरेको कार्यप्रति विरोध जनाउँदै स्थानिय तथा जनप्रतिनिधिहरुद्वारा राजिनामा माग समेत गरेका थिए । शुत्रवार नै दुबै पक्षलाई राखेर छलफल गरीएको छ । नगरपालिका भित्र आर्थिक चलखेल हुने गरेको स्थानीयबासीहरुको आरोप छ ।

यता इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर शैलेष न्यौपानेले कुटपिट भएको कुरा थाहा भएन मैले सुरक्षा दिएको हुँ उनले भने । कुटपिटले उग्ररुप लिन सक्छ भनेर दिनभर जसो प्रहरीहरु नगरपालिका मामहतमा राखेको इन्स्पेक्टर न्यौपानेले वताए । नगरपालिका भित्र भएको विवादले उग्ररुप लिए पछि हामीले सुरक्षाकर्मी खटाएका हौ उनले थपे ।