विराटनगर/ पाँचथर र खोटाङमा शुक्रबार भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
पाँचथरको हिलिहाङ गाउँपालिका-५ सुँभाङ-भाते सडक खण्डमा फिदिमबाट सुँभाङतर्फ जादै गरेको मे १ ज १८०९ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री हिलिहाङ गाउँपालिका-५ बस्ने अन्दाजी ४६ बर्षिय मोतिलाल दर्जीको मृत्यु भएको छ।
बेलुका ७ बजेतिर भएको उक्त दुर्घटनामा दर्जीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बलेरोका चालकलाई प्रहरीले नियन्त्रणाम लिएको छ।
यता पाँचथरकै फिदिम नगरपालिका-१ मा अपरान्ह ३ बजेतिर मे १ त २५२३ नम्बरको ट्याक्टर बजे अनियन्त्रित भइ दुर्घटना हुदा ट्याक्टरका चालक इलाम नगरपालिका-१० बस्ने २० बर्षिय खगेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरेहको छ।
यसैगरी खोटाङको हलेसी-तुवाचुङ नगरपालिका-४ बस्ने २९ बर्षिय यम बहादुर माझीको शुक्रबार ट्याक्टरले किचेर मृत्यु भएको छ। साँझ ६ बजेतिर ध १ त ७२२ नम्बरको ट्याक्टरमा बालुवा लोड फर्कने क्रममा दुधकोसी किनारबाट खोक्सेलीतर्फ आउँदै गर्दा माझी ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ। ट्याक्टरका चालक प्रहरीको नियन्त्रणमा छन्।